सिन्धुपाल्चोकको लिदीमा भिषण पहिरोः २८ घर पुरियो, ५ जना बेपत्ता,गत साउन २३ गते स्थानीय बासिन्दाले बस्ति जोखिम भएको भन्दै निवेदन दिएका थिए

सिन्धुपाल्चोकको लिदीमा भिषण पहिरोः २८ घर पुरियो, ५ जना बेपत्ता,गत साउन २३ गते स्थानीय बासिन्दाले बस्ति जोखिम भएको भन्दै निवेदन दिएका थिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।

लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै । अन्यको उद्वार जारी रहेको छ । तस्बिर ः देवराज सुवेदी÷रासस

जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ ।

आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उहाँले बताउनुभयो ।
पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

जुगल गाउँपालिका– २ लिदीमा गएको भीषण पहिरोमा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली जाँदै । तस्बिर ः देवराज सुवेदी÷रासस

नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताउनुभयो ।
यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताउनुभयो । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उहाँले भन्नुभयोे, ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।’

जुगल गाउँपालिका– २ लिदीमा गएको भीषण पहिरोमा परेकालाई उद्धार गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतका टोली हेलिकप्टरमार्फत घटनास्थलमा । तस्वीर ः देवराज सुवेदी÷रासस

तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियाँैं’, तामाङले भन्नुभयो े । रासस

लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै । अन्यको उद्वार जारी रहेको छ । तस्बिर ः देवराज सुवेदी÷रासस

यो पनि पढ्नुहोस:

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

पहिराले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको र उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीयवासी आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो । रासस