व्यापारीलाई कोरोना संक्रमण भएपछि बिशाल बजार देखि इन्द्रचोक सम्म सिल

व्यापारीलाई कोरोना संक्रमण भएपछि बिशाल बजार देखि इन्द्रचोक सम्म सिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । न्यूरोडको बिशाल बजार देखि इन्द्रचोकसम्म सिल गरिएको छ । सुन पसलका व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको हो ।

आज शुक्रबार देखि आगामी भदौ ७ गते सम्म १० दिन उक्त क्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । एक विज्ञप्ति नै जारी गर्दै जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको हो। संक्रमण बढेसंगै त्यसको रोकथामका लागि अत्यावश्यक भएको भन्दै पसलहरु बन्द गर्न आह्वान गरिएको वडा कार्यालयले जनाएको छ ।

पछिल्लो समय काठमाडौँमा कम्युनिटी मै संक्रमण बढ्न थालेकोले जोखिम बढेको छ ।