सिआइवीको नाममा ठ’गी गर्न खोज्ने पक्राउ

सिआइवीको नाममा ठ’गी गर्न खोज्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एक व्यवसायीलाई मुद्दा परेको भनी ध’म्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन् ।

काठमाडाँैका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु पाँच लाख दिए मुद्दा ढुस (रद्द) हुने बताउँदै ठ’गी गर्न खोजेको आरोप उनीमाथि छ ।

उनलाई आज काठमाडाँै महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ ।रासस