श्रमिकले पाएनन् ज्याला

श्रमिकले पाएनन् ज्याला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ३२ साउन । साइपाल गाउँपालिका वडा नं ३ र ४ जोड्ने रामोखोला झोलङ्गे पुलको उपभोक्ता समितिमा विवाद हुँदा श्रमिकले एक वर्ष बितिसक्दा पनि ज्यला नपाएको गुनासो गरेका छन् । गत वर्ष निर्माण शुरु भएको पुलको खोदानको काम सकिएको भए तापति मजदूरले ज्याला नपाएको बताएका छन् ।

स्थानीयवासी हरजित बोहराले भन्नुभयो, “हामीले काम गरेको एक वर्ष भइसक्यो, दैनिक एक घण्टामा एक सयका दरले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मरीमेटी काम ग¥यौँ, समितिलाई ज्याला माग्दा आनाकानीकानी गरेका छन् ।” उपभोक्ता समितिका अध्यक्ष प्रेम बोहराले पहिलेको उपभोक्ता समितिमा विवाद आएको र त्यसले नयाँ समितिलाई हिसाबकिताब नबुझाएकाले कामदारलाई नदिएको बताउनुभयो । पुरानो उपभोक्ता समितिका अध्यक्ष धनवीर बोहराले भने आफूले काम गराएको र सम्पूर्ण हिसाबकिताब नयाँ समितिलाई हस्तान्तरण गरिसकेकाले आफ्नो कुनै जिम्मेवारी नरहेकोे बताउनुभयो ।