चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति

चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले परम्परागत चित्रकलाका सिद्धहस्त प्रेममान चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी नेपाली कला जगतको उन्नयनमा उहाँले पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको छ । काठमाडौँको भीमसेनस्थानमा विसं २००१ मङ्सिर २४ गते जन्मनुभएका चित्रकारको आइतबार नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा निधन भएको थियो । उहाँका तीन छोरी र एक छोरा हुनुहुन्छ ।

उहाँले आफ्नो जीवनकालमा परम्परागत कलाको विकास र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । उहाँ नेपाल परम्परागत कलाकार सङ्घको अध्यक्ष, नेपाल भाषा एकेडेमीका सदस्य, नेपाल राष्ट्र बैंक मुद्रा डिजाइनिङ कमिटीका कार्यकारी सदस्य र आर्टिष्ट सर्कलका सदस्य हुनुहुन्थ्यो ।

जीवनको अन्तिम समयसम्म पनि उहाँ परम्परागत चित्रकला बनाउन सक्रिय रहनुभएको प्रतिष्ठानका सदस्य सचिव विपीनकुमार घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । परम्परागत चित्रसँगै मूर्तिमा उहाँको विशेष दख्खल थियो । बौद्ध र हिन्दू देवीदेवताका जीवन्त पौभा चित्र बनाएर स्वदेश र विदेशमा ख्याति प्राप्त कलाकार हुनुहुन्थ्यो । उहाँले एकल तथा सामूहिक कला प्रदर्शनी गर्नुभएको थियो ।

नेपाली कला जगतको उन्नयनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विसं २०७२ मा अरनिको राष्ट्रिय ललितकला सम्मान प्रदान गरेको प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

उहाँले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विसं २०५२ मा ईन्द्रराज्यलक्ष्मी पुरस्कार, विसं २०५७ मा नरोत्तमदास इन्दिरादेवी गुठीबाट सम्मान, विसं २०६८ मा चन्द्रअमर सिर्पा सम्मान र नेपाल हस्तकला महासङ्घबाट वरिष्ठ कलाकार सम्मान प्राप्त गर्नुभएको थियो ।

उहाँले गीतसमेत रचना गर्नुभएको र “परम्परागत च्वाज्याया विधि” नामक पुस्तक प्रकाशन गर्नुभएको प्रतिष्ठानले जनाएको छ । “चित्रकारको देहावसानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिवार, सम्पूर्ण कलाकार तथा कलाप्रेमी स्तब्ध भएका छौँ, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछाँ,ै परिवारप्रति समवेदना प्रकट गर्दछौँ”, प्रतिष्ठानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।