चाँगुनारायण मूलसाँघु खोला किनारामा महिलाको शव

चाँगुनारायण मूलसाँघु खोला किनारामा महिलाको शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव भेटिएको छ ।

भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आउनुभएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

शवको पहिचान भने मृतकका श्रीमान् दशराम सिजखुले गर्नुभएको जानकारी दिँदै उहाँले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको जानकारी दिनुभयो । खोलाको गहिरो भागमा शव रहेको र नजिकै एक गाई पनि मृत भेटिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान प्रहरीले शुरु गरेको उहाँले जानकारी दिनुभयो ।