लिदीको पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

लिदीको पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी अकालमा मृत्युभएका परिवारलाई एक÷एक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

किरियाखर्चबापत प्रतिमृतक रु २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद रकम पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणमा उहाँ सहित, जुगल गाउँपालिका र इन्द्रेणी परिवार हिँडेर लिदी पुगेकाा थिए । पहिरो प्रभावितलाई प्रतिपरिवार रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गरििएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।