कोरोना कहरमै बन्यो ५० लाख लागतमा योग भवन

कोरोना कहरमै बन्यो ५० लाख लागतमा योग भवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २ भदौ ।  नारायण नगरपालिका– १ गणेशचोकमा रु ५० लाख लागतमा योग भवन निर्माण भएको छ । सो भवनको प्रदेशसभा सदस्य अमरबहादुर थापाले आज उद्घाटन गर्नुभयो । निर्वाचन क्षेत्र विकासअन्तर्गत प्राप्त रकमबाट सो भवन निर्माण गरिएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य थापाले योगले मानिसलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने भएकाले जिल्लाका वृद्ध तथा युवालाई योग सिकेर राम्रो कर्ममा लाग्न आग्रह गर्नुभयो । कोरोना कहर बढेपछि निर्माण सम्पन्न नहुने हो कि भनेर चिन्ता गरेका योग साधकहरु अहिले खुशी देखिएका छन् । विभिन्न निकायसँग समन्वय गरेर भवन निर्माण सम्पन्न गरिएको योगगुरु शङ्कर थापाले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समेत सहयोग गरेको थापाको भनाइ छ ।

समय निकै कठिन भए पनि भौतिक संरचना राम्रो बनेको निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उक्त भवनमा दैनिक एक सय जनाले योग गर्न सक्ने जनाइएको छ ।