१ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

१ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाको आज मङ्गलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको छोरा राजीव घिमिरे र बुहारी विजेता घिमिरेले जानकारी दिनुभयो । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।

१०१ वर्ष का घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता चर्चित गीत पनि रचेका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।