काँग्रेसद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताउनुभएको छ । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेपाल राष्ट्रका ढुकढुकी, आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतनालाई जगाउने राष्ट्रकवि घिमिरेको १०१ वर्षको दीर्घ उमेरमा निधन भएकोमा आफू मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

कविवरको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको उल्लेख गर्दै नेता पौडेलले उहाँको अमर आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रकवि घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो । रासस