राष्ट्रकविको नेपाली साहित्यमा कालजयी योगदान छः मुख्यमन्त्री गुरुङ

राष्ट्रकविको नेपाली साहित्यमा कालजयी योगदान छः मुख्यमन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको छ । गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो ।

आज साँझ वक्तव्य जारी गरी मुख्यमन्त्रीले उहाँको योगदान नेपाली साहित्यमा कालजयी भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार भएको जनाउँदै सन्देशमा भन्नुभएको छ, “बाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका बहुप्रतिभाका धनी राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।”

मुख्यमन्त्री गुरुङले दुःखका यस क्षणमा दिवङ्गत राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ भने गण्डकी प्रदेश सरकारका तर्फबाट उच्च सम्मानसमेत प्रकट गर्नुभएको छ । रासस