राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि मात्र बजाउन भनेर लेखेको गित सार्बजनिक (अडियो)

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि मात्र बजाउन भनेर लेखेको गित सार्बजनिक (अडियो)

26
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनु भएको थियो ।

गीतमा कर्ण दासको स्वर र छ । घिमिरेका नातिनीज्वाइँ डा प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराउनुभएको हो । डा भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गर्नुभयो ।

राष्ट्रकविको गीत :

“त्यसरी होओस् मरण

जसरी सुत्छन् तारमा गीतका चारु चरण

हिमालचुली देशमा, दिनको शान्त भेषमा

जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

त्यसरी होओस् मरण ।।
…
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

बिहानीपख रातको, कुसुम पारिजातको

जसरी जान्छ झरेर, भुइँमा विनापवन

त्यसरी होओस् मरण ।।
…
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन

बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा

जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण

त्यसरी होओस् मरण ।।
…
अमरापुरी सभामा आफैंँलाई गरूँ वरण

त्यसरी होओस् मरण ।।”

-रासस

सुन्नुहोस :