काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । आज सोमबार काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् ।

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२० जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ७०० जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको गौतमले यसको पुष्टि गरेका छ । यो संगै नेपालमा मृतकको कुल संख्या १२० पुगेको छ । मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला रहेका छन् ।