पिसीआर मेसिन सञ्चालनको स्वीकृति

पिसीआर मेसिन सञ्चालनको स्वीकृति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कनकाई नगरपालिकास्थित समर्पण भवनमा समुदायले स्थापना गरेको पिसीआर मेसिन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । मेची प्रादेशिक अस्पताल भद्रपुर मातहत रहने गरी सञ्चालनको मन्त्रालयबाट स्वीकृति आएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।

मेची प्रादेशिक अस्पतालका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले मन्त्रालयको स्वीकृति आइसकेपछि अब कर्मचारी व्यवस्थापन गरेर पिसीआर मेसिनलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । झापामा अब दुई पिसीआर मेसिन सञ्चालन हुने छन् । मेची अस्पतालमा रहेको पिसीआर मेसिनले यस अघिदेखि नै स्वाब परीक्षण गर्दै आएको छ ।

कोरोनाबाट आर्थिक समस्यामा परेका विपन्न परिवारलाई सहयोग जुटाउन सञ्चालित ‘एकका लागि एक अभियान’ले सरकारलाई सहयोग पु¥याउन जनस्तरबाट सहयोग रकम उठाएर एउटा पिसीआर मेसिन खरिद गरिएको थियो । सो मेसिनलाई कनकाईको समर्पण भवनमा जडान गरिएको छ । मन्त्रालयको टोलीले मेसिन राख्ने स्थानको हालै अध्ययन गरेको थियो भने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायतले सो स्थानको केही दिन अघि अवलोकन गर्नुभएको थियो ।

मेची अस्पताल मातहत दुई पिसीआर दुई अलग अलग स्थानमा सञ्चालन हुने भएको हुँदा जनशक्ति व्यवस्थापनका लागि कनकाई नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख पोखरेलले बताउनुभयो । समुदायबाट खरिद गरिएको सो पिसीआर मेसिन अब ‘एकका लागि एक अभियान’ले मेची अञ्चल अस्पताललाई हस्तान्तरण गर्ने अभियानका संयोजक महेन्द्र गिरीले बताउनुभयो । रासस