सुनचाँदीको मूल्य घट्यो,यस्तो छ आजको भाउ

सुनचाँदीको मूल्य घट्यो,यस्तो छ आजको भाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ। आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । निरन्तर बढीरहेको सुनको मूल्य केहि दिन अघि मात्रै लाख नाघेको थियो ।

आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँ तोकिएको छ ।