आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या १६४ पुग्यो


काठमाडौँ, ९ भदौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।

कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ८५५ जनाको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य २७१ महिला र ५८४ जना पुरुष रहेका छन । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमण हुने मध्य काठमाडौँ उपत्यकाका २३२ जना रहेका छन । जस मध्य काठमाडौँ जिल्लाक १९९ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १४ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२७ जनाको पिसीआर परिक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस