चितवनमा कोरोना सङ्क्रमित थपिंदैँ

चितवनमा कोरोना सङ्क्रमित थपिंदैँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ भदौ । जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना सङ्क्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि आजसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । अहिले सम्म सङ्क्रमितको सङख्या ३ सय ८५ पुगेको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार गत साउन ९ गतेसम्म जिल्लामा १ सय १६ जनामा सङ्क्रमण देखिएको थियो । साउन १० गतेदेखि २१ गते सम्म यहाँ सङ्क्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना सङ्क्रमण दर निकै वढेको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सङ्क्रमित मध्ये १ सय २६ जना कोरोना निको भई सकेको छ । १ सय ७६ जनामा कोरोना रोगको लक्ष्यण देखिएको थिएन । जिल्लामा भेटिएका सङक्रमित मध्ये ६३ जनामा मात्र लक्षण देखा परेको छ ।

हाल सक्रिय सङक्रमित २ सय ५४ जना रहेका छन् । उनीहरु मध्ये १८ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उचित तरिकाले मास्क लगाउने, भिडभाड नगर्ने, व्यक्ति व्यक्तिबीच सामाजिक दुरी कायम गर्ने, केही छोए पछि साबुन पानी वा स्यानीटाइजरले राम्रोसँग हात धोए कोरोनाबाट जोगिन सकिने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सङ्क्रमित र अन्य सबै बिरामीहरुले सहज उपचार पाउने व्यवस्था मिलाउनका लागि सरकारी र निजी क्षेत्रका अस्पतालहरुको बीचमा समन्वय गर्न संयन्त्र निर्माण भई काम सुरु गरिएको बताउनुहुन्छ । लक्षण नदेखिएका सङ्क्रमितहरुलाई स्थानीयतहको आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो “सङक्रमण रोकथामका लागि स्थानीय तह, वडा तथा टोल सुधार समितिको क्रियाशिलता अझै बढी आवश्यक छ ।”

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । सङ्कलित स्वाब मध्ये १५ देखि २० प्रतिशतमा कोरोना पुष्टि देखिने जनाइएको छ ।