भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा– सैनिक अस्पताल

भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा– सैनिक अस्पताल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहनुभएको उहाँको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।

सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।उहाँलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको बताइएको छ ।

सो अस्पतालमा गत अगष्ट १० मा उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो ।