ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, चिकित्सक भन्छन – यो विशुद्ध कोभिड डेथ हो


काठमाडौं, ११ भदौ । ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत स्थायी घर अर्घाखाँची भएका ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनु भयो ।

कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिए पछी उनि गत भदौ ७ गते अस्पताल भर्ना भएका थिए । स्वाब परिक्षण गर्दा गत ९ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुवै छातीमा संक्रमण भएको र निमोनिया पनि भएको चिफ अपरेटिङ अफिसर पाठकले बताउनु भयो । भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति उनको मृत्यु भएको थियो । पाठकका अनुसार उनको विशुद्ध कोभिड डेथ भएको छ ।

हाल सम्म नेपालमा ३४ हजार ४१८ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस मध्य १९ हजार ५०४ जना भने निको भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सम्म १७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस