वीर अस्पतालका ३० स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना संक्रमण


काठमाडाैं, ११ भदाै । काठमाडौँको वीर अस्पतालमा कार्यरत ३० स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको छ । सबै भन्दा पहिला साउन २२ गते वीर अस्पतालका इन्टरनल विभागका एक चिकित्सकलाई कोरोना पुष्टि भए एता कुल ३० स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका हुन् ।

बुधबार मात्र नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताउनु भयो । संक्रमित हुनेहरुमा महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारी र नाक, कान, घाँटी विभागका एक डाक्टरलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सक मध्य केहि वीर अस्पताल कै आइसोलेसनमा र केहिलाई होम आइसोलेसनमा राखिएको छ । निर्देशक सेन्चुरीका अनुसार धेरै स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना संक्रमण भएपछी अस्पतालको सेवामा प्रभाव परेको छ । थोरै जनशक्ति भए पनि सके सम्म व्यवस्थापन गरिरहेको सेन्चुरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस