काठमाडौँ उपत्यकामा आज अहिले सम्मकै सबै भन्दा धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ११ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा अहिले सम्मकै सबै भन्दा धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३३४ जना र ७७७ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३५ हजार ५२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २० हजार ७३ जना रहेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ५ जना महिला र २ जना पुरुष रहेका छन् । जसमा ललितपुरकी ६५ वर्षीय एक महिला, बाराकी २३ वर्षीय एक महिला, कास्कीकी ३२ वर्षीय एक महिला, रुपन्देहीकी ७० वर्षीय एक महिला र बाँकेकी ७० वर्षीय एक महिला रहेका छन् । त्यस्तै काठमाडौँका ४८ वर्षीय एक पुरुष र पर्साको ६२ वर्षीय एक पुरुष र कपिलवस्तुको ५० वर्षीय पुरुष रहेका छन् ।

यो संगै कुल मृतकको संख्या १८३ जना पुगेको छ । यो कुल संक्रमितको ०.५२ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस