गलत काम नगर्न मन्त्री गुरुङको आग्रह


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक संघ, संस्थालाई गलत काम नगर्न आग्रह गनुभएको छ ।

मानव अधिकार एलायन्सले आज आयोजना गरेकोे ‘भर्चुअल’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई पूरा हुने गरी काम गर्न आग्रह गर्नुभएको हो । मन्त्री गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाए राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिलाई जोगाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।

नागरिक अगुवा सुशील प्याकुरेल, समाजकल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष डा नेत्र तिमिल्सिनालगायतले आफूहरुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मानव अधिकार एलायन्सका अध्यक्ष मिनबहादुर शाही, सामूदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामाले रेडक्रस, समाजकल्याण परिषद्लगायतका संघ, संस्थालाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस