एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकलामाथि कु’टपि’ट गर्नेलाई कारवाहीको माग


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कु’टपि’ट गर्नेलाई कारवाहीको माग गर्नुभएको छ ।

उपाध्यक्ष कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै चन्द्रकलामाथिको आ’क्रमण मानवता वि’रोधी कार्य भएको बताउनुभयो । पी’डित खेलाडीलाई राखेपले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत जनाउनुभयो । चन्द्रकलामाथिको कुटपिटको एथलेक्सि सङ्घ र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले समेत विरोध गरेका छन् ।

सोमबार राति झापाको मेचिनगर नगरपालिकाको चारआलीमा दलित युवकलाई कु’टपि’टबाट जोगाउने क्रममा चन्द्रकलालाई उहाँका छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले कु’टपि’ट गरेका थिए । कु’टाइबाट उहाँ सख्त घाइते हुनुभएको छ । गर्भवतीसमेत रहनुभएकी चन्द्रकलाको झापाको बिर्तामोडस्थित बि एन्डबी अस्पतालमा उपचार भइरहेको छ । नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला लकडाउन शुरु हुनुअघि झापा जानुभएको थियो ।

एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जित्त्नुभएको थियो । उहाँको नाममा आठौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिन थ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ । रासस

प्रतिक्रिया दिनुहोस