नगदसहित पाँच जना पक्राउ


कास्की प्रहरीले एक लाख ३६ हजार १७० रुपैयाँ नगद तथा ताससहित पाँच जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं १४ खसीबजारबाट बुधबार उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस