छ वर्ष बितिसक्दा पनि भेटिएनन् रुपाको ह’त्यारा

छ वर्ष बितिसक्दा पनि भेटिएनन् रुपाको ह’त्यारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वर्षेनि बागलुङवासीले ‘रुपा गौतम ह’त्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको ह’त्या भएको थियो । ह’त्या भएको छ वर्ष बित्दासमेत अ’पराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ ।

काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो ह’तियार प्रयोग गरी वि’भत्स ढङ्गले ह’त्या गरिएको थियो । ह’त्यास्थल बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ । गौतम ह’त्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन । घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ । ह’त्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पी’डितपक्षले अझै न्याय पाउन सकेको छैन ।

जिल्लामा नयाँ आउने प्रहरी प्रमुखले अनुसन्धानलाई टुङ्गोमा पु¥याउने र दोषी पत्ता लगाइ छाड्ने आश्वासन दिने गरेपनि त्यो त्यतिमै सिमित बन्न पुगेको छ । दुई वर्षअघि तत्कालिन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान ह’त्याराको नजिक पुगेको बताउनुभयो । उहाँले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अ’पराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । तर, सरुवापछि जिल्ला छाडेर जाँदा उहाँले ‘रुपा ह’त्या काण्ड’का दो’षी पत्ता लगाउन नसकेकामा दुःख व्यक्त गर्नुभएको थियो । त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो । त्यसयता आउने नयाँ प्रहरी प्रमुखले पनि उक्त हत्या प्रकरणबारे धेरै प्रश्नको सामना गर्नुपरिरहेको छ ।

वर्षौँसम्म पनि दो’षी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान जारी रहेपनि कुनै उपलब्धि हाँसिल नभएको बताउनुभयो । “अहिले पनि अनुसन्धान अधिकृत तोकेर उक्त घटनामा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “मैले पनि पहिलेको मिसिल हेरे, सिआइबीको अनुसन्धान प्रतिवेदन पनि अध्ययन गरे तर नयाँ प्रगति केही छैन ।”

श’ङ्कास्पद देखिएका कतिपय व्यक्ति नेपालमा नरहेका कारण अनुसन्धान बीचमै अड्किएको उहाँको भनाइ छ । “घटनाको फ्लोअप भइरहेको छ”, प्रउ चौधरीले भन्नुभयो, “एक दिन सबै यथार्थ खुल्छ, समय भने लाग्न सक्छ ।” अधिवक्ता एवम् अधिकारकर्मी राम शर्माले अनुसन्धानमा प्रहरी अलमलिएको उल्लेख गर्नुभयो । “प्रहरी अ’पराधीको नजिक नपुगेको होइन, तर के कारणले हो अहिलेसम्म दो’षी सार्वजनिक हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

ह’त्याजस्तो ज’घन्य अ’पराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ । “प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर पुनः शुरुदेखि अनुसन्धान थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “यो घटनाले न्याय हराएको जस्तो अनुभूति हामी सबैलाई भएको छ ।” घटनामा संलग्न रहेको हुनसक्ने आ’शंकामा प्रहरीले कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । घटनाको प्रकृति हेरेपछि पेसेवर अ’पराधीबाटै गौतमको ह’त्या भएको निचोडमा प्रहरी पुगेको थियो । रासस