वन अतिक्रमण क्षेत्र हटाइँदै

वन अतिक्रमण क्षेत्र हटाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत भीमदत्त राजमार्ग छेउको वन अतिक्रमण हटाएको छ । गोदावरी नगरपालिका–४ गाईमाराडाँडामा बनाइएका ३० भन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचना भत्काउने कार्य सुरु गरिएको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार बिहीबार वन अतिक्रमण गरी बनाइएका ३० वटा भौतिक संरचना हटाइएको छ । गोदावरी नगरपालिका–४ मा पर्ने भीमदत्त राजमार्गको छेउछाउमा वन अतिक्रमण गरी व्यापार व्यवसाय गर्न बनाइएको भौतिक संरचना हटाइएको कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिलेदेखि नै हामीले पटक–पटक गोदावरी र चुरेका डाँडामा भइरहेको वन अतिक्रमण हटाएका थियौं । हटाएको भोलिपल्ट नै आएर बसी हाल्छन् ।’ यसअघि पनि वन कार्यालयले सोही स्थानमा पटक–पटक भौतिक संरचना भत्काउँदै आएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वन माफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको स्थानीयको भनाइ छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । रासस