खर्बपति नेपाली उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, १२ भदौ । फोर्ब्सको सुचिमा परेका एक मात्र खर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसको पुष्टि उनि आफैले आज शुक्रबार पुष्टि गरेका हुन् । चौधरीले आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आजै गरेको पिसीआर टेस्टमा आफुलाई कोरोना परिक्षणको नतिजा पोजिटिभ आएको बताउदै आफुसंग सम्पर्कमा आएका सबैले साबधानी अपनाउन अनुरोध समेत गरेका छन ।
चौधरीले आफुलाई कोरोना संक्रमण भएपनि कुनै लक्षण भने नभएको बताएका छन् ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020