काठमाडौँ, १२ भदौ । सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । आज उहाँले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ ।
आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभएको छ । चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका चौधरीले आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताउनुभएको छ ।
प्रतिक्रिया