पुल बनेपछि झन बजारलाई सास्ती

पुल बनेपछि झन बजारलाई सास्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ११ भदौ । बागचौर नगरपालिका–१२ दोभान खोलामा पुल निर्माण भएपछि दोभान बजारलाई नै सास्ती हुने गरेको छ । खोलामा निर्माण गरिएको पुलका पिलरमा रुख अड्किएर हरेक वर्षात्मा खोला बजार पस्ने भएपछि बजारवासीका लागि पुल नै सम्मस्याको रुपमा रहेको हो ।

पुल निर्माणपछि खोला वारपार गर्न सहज भए पनि बजार भने हरेक वर्ष प्रभावित हुदै आएको छ । खोला नै बजारतर्फ पसेपछि निर्माण गरिएका घरसमेत जोखिममा पर्न थालेका छन् । यही खोला २०७३ सालमा उर्लेर आएर बजारमा पसेर तहस नहस पारेको व्यापारी चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

“यहाँ निर्माण गरिएको पुलको पिलरमा रुख अडिएपछि खोलाले दिशा परिवर्तन गरेर बजारतर्फ पस्छ, चार वर्ष पहिला पनि बजारमा पसेर रु ५० लाख भन्दाबढीको क्षति गराएको थियो, यो वर्ष पनि ठुलो क्षति गरेको छ, बजारका धेरैजसो घर जोखिममा छन्”, उहाँले भन्नुभयो ।

बजारमा खोलाले सधै दुख दिइरहेकोले यसको विकल्प खोज्नुपर्ने बेला आएको वडा नं १२ का वडाध्यक्ष दीपककुमार वलीले बताउनुभयो । “यो खोलाले यहाँका बासिन्दालाई सधै दुख दिने भयो, पानी पर्दा बजारमा खोला आइहाल्छ, बजारका लागि मुख्य समस्या भनेको पुल नै भयो”, वडाध्यक्ष वलीले भन्नुभयो ।