कोरोना सङ्क्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उहाँमा बिहीबार कोरोना पोजेटिभ देखिएपछि गएराती अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या बढेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज अपरान्ह मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यसअघि आजै बिहान कोरोना सङ्क्रमण पुष्टि भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि यही भदौ ६ गते धरानस्थित स्वास्थ्य प्रतिष्ठानमा उपचार गराउन गएका पुरुषको भदौ ८ गते कोरोना संङ्क्रमण पुष्टि भएपछि त्यहीँ उपचार भइरहेको र उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो ।