‘महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल’

‘महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभएको छ । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा उहाँले नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

“नेपालमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ, महिला आन्दोलनका कारण महिला अधिकार स्थापित भएको हो”, उहाँले भन्नुभयो । राजनीतिमा महिला सहभागीता बढाउनु जरुरी रहेको उहाँको भनाई थियो । केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौलाले नेपाली राजनीतिमा महिला सशक्तिकरण हुन नसकेको बताउनुभयो । “महिला अधिकार र सशक्तिकरणलाई काँग्रेस नेतृत्वले चिन्न सकेन”, उहाँले भन्नुभयो । महिलामाथिको हिंसा विरुद्धमा महिला सङ्घ लड्नुपर्ने उहाँको भनाई थियो ।

नेत्री सङ्ग्रौलाले महिलालाई आर्थिक सवलीकरण र सशक्तिकरणमा महिलालाई जोडेर राजनीतिमार्फत महिला अधिकार प्राप्तीका लागि लड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य पुष्पा चौधरीले महिला हिंसा अहिलेसम्म पनि नघटेको भन्दै यसका विरुद्ध सिङ्गो महिला एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पितृसतात्मक सोचलाई चिर्न महिलाहरु लाग्नुपर्ने उहाँको भनाई थियो । काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गर्नुभयो । “मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्”, उहाँले भन्नुभयो ।

काँग्रेस महासमिति सदस्य रेखा यादव, महिला सङ्घका महासचिव धना खतिवडा, कमला राजभण्डारीलगायतले महिलालाई संविधान र पार्टीले अधिकार दिएपनि अधिकार कार्यान्वयनका लागि महिलाहरु लाग्नुपर्ने बेला आएको बताउनुभएको थियो । रासस