सज्जा चौलागाई बनिन नेपाल आइडल सिजन ३ की बिजेता, पाइन् पुरष्कार स्वरूप ५० लाख नगद

सज्जा चौलागाई बनिन नेपाल आइडल सिजन ३ की बिजेता, पाइन् पुरष्कार स्वरूप ५० लाख नगद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ। मोरङ पथरीकी सज्जा चौलागाई‌ ‘नेपाल आइडल-३’ कि बिजेता बनेकी छन । आज शुक्रबार बेलुका भएको ग्रान्ड फिनालेमा अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सज्जालाई बिजेता घोषणा गरेका हुन् ।

अन्तराष्ट्रिय फ्रेन्जाइज गायन रियालिलिटी सो ‘नेपाल आइडल-३’ को ग्रान्ड फिनाले हुदै गर्दा निर्माण टोलीका एक जनामा कोरोना संक्रमण देखिए पछि बिजेताको घोषणा गर्ने भाग सुट गर्न नपाउदै सबै प्रतिष्पर्धी सहित आइसोलेसनमा बस्नु परेको हुदा आज शुक्रबार टेलीकाष्टमा भने बिजेता घोषणा गरिएको थिएन।

कोरोना महामारीका बाबजुत पनि विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै मोरङ पथरीकी सज्जा चौलागाई‌, बर्दिया राजापुरका प्रवीण भेटवाल र महोत्तरी बर्दिबासका किरणकुमार भुजेल उत्कृष्ट ३ मा पुगेका थिए। उत्कृष्ट ३ मा पुग्न सफल प्रतिष्पर्धीहरु मध्य भोटको आधारमा सज्जा विजयी भएकी हुन् ।

सज्जा चौलागाईले ‘नेपाल आइडल-३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन । त्यस्तै प्रवीण भेटवाल फस्ट रनरअप बन्दै नगद १० लाख रुपैया पाएका छन् । किरणकुमार भुजेल तेस्रो बन्दै ५ लाख रुपैया नगद पुरष्कार पाएका छन् ।