पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर,१३ भदौ । जिल्लाको लगनखेलस्थित पाटन अस्पतालमा दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो।

गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार राति १०:४० बजे मृत्यु भएको हो। त्यसैगरी गत भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान ६:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो।