‘कोभिड–१९ का सक्रिय सङ्क्रमित थपिए पनि गम्भीर सङ्क्रमण छैन’

‘कोभिड–१९ का सक्रिय सङ्क्रमित थपिए पनि गम्भीर सङ्क्रमण छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँ कोरोना भाइरसका सक्रिय केश थपिँदै जान थाले पनि गम्भीर सङ्क्रमण कुनै पनि व्यक्तिमा भएको पाइएको छैन । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सबै व्यक्ति बिना लक्षणका रहेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा आज आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि उच्च सतर्कताका साथ निगरानी राख्ने काम भइरहेको बताउनुभयो । “हालसम्म कोरोना सङ्क्रमित व्यक्तिमा जोखिमयुक्त अवस्था देखिएको छैन”, उहाँले भन्नुभयो, “कुनै पनि व्यक्तिलाई अक्सिजन दिनुपरेको छैन, भेन्टिलेटरमा राख्नुपरेको छैन, यस्तो अवस्थालाई जोखिमयुक्त भन्न सकिदैन, हतार नगरौ, धैर्य गरौँ, कोरोनाको समयमा रचनात्मक कार्य गरेर समय व्यतित गरौँ ।”

कोरोना भाइरसको सङ्क्रमणभन्दा बढी मानसिक समस्या बढी देखिन थालेकाले सकारात्मक सोचका साथ आफैँले आफैँलाई सुरक्षित गर्ने र सेल्फ क्वारेन्टिनमा बस्नु उत्तम उपाय भएको उहाँले बताउनुभयो ।

“राज्यकोषबाट सुविधा पाउनेले तोकिएको जिम्मेवारी निर्वाह गर्नु पर्दछ, यस्तो विषम परिस्थितिमा जो जिम्मेवारीबाट पछि हट्छ त्यो अपराधी हो, डराएर जिम्मेवारीबाट कसैले भाग्नु हुँदैन”, उहाँले भन्नुभयो । स्थानीय तहले तत्काल क्वारेन्टिन र आइसोलेसन सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले होम क्वारेन्टिनमा सुरक्षित तरिकाले बस्न नहुने भएपछि सबैको पायक पर्ने ठाउँमा क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले भारतलगायतका क्षेत्रबाट आउने व्यक्तिलाई सिधैँ घर पठाइन थालेपछि जोखिम बढेको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी खतिवडाले पहिलाझै स्थानीय तहलाई खबर गरेर मात्रै सीमा क्षेत्र हुँदै आउनेको विवरण उपलब्ध गराइने बताउनुभयो । साँझ ७ः०० बजेदेखि बिहान ७ः०० बजेसम्म गरिएको निषेधाज्ञालाई अझै कडा पारिने उहाँको भनाइ थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लामा आजसम्म ६७० कोरोना सङ्क्रमित निको भई घर फिर्ता भएको बताउनुभयो । अझै सक्रिय केशको सङ्ख्या ४९ रहेको उहाँले जानकारी गराउनुुभयो । उहाँका अनुसार ५०९ जनाको पिसीआर परीक्षणको नतिजा आउन बाँकी छ । होम क्वारेन्टिनले जोखिम बढाएकाले प्रत्येक स्थानीय तहले क्वारेन्टिन बनाइ सञ्चालनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “भारतबाट फर्केका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर पिसीआर परीक्षणपछि नतिजाका आधारमा घर जाने व्यवस्था गरिनुपर्छ ।” समुदायमा कोरोनाको सङ्क्रमण नभएको चर्चा गर्दै उहाँले बेलडाँडी गाँउपालिकाका ट्राभल हिस्ट्री नभएका वृद्ध दम्पतीमा कोरोनाको सङ्क्रमण देखिएकाले त्यसको अध्ययनमा लागेको बताउनुभयो ।

जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था भयाबहरूपमा नरहेको उहाँको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मारासैनीले बन्दाबन्दी भएयता हालसम्म पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट आएका ३४ जिल्लाका एक हजार २० बढी व्यक्ति सम्बन्धित स्थानीय तहमा पठाइएको बताउनुभयो । कोरोना सङ्क्रमण भएका व्यक्तिलाई सकारात्मकरूपमा हेर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक वातावरण सहज बनाए सङ्क्रमित व्यक्तिले मानसिक समस्या झेल्नु नपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले अवैधरूपमा सीमा क्षेत्र भएर आउनेलाई रोक्नका लागि भरमग्दुर प्रयत्न गरिएको बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा हाल १५ सशस्त्र प्रहरीका बिओपी राखिएका छन् । बढाएर २१ पु¥याउने लक्ष्य राखिएको छ ।

नगर प्रमुख दिलबहादुर ऐरले कोरोनाको जोखिम न्यूनीकरणका लागि क्वारेन्टिनको व्यवस्था गर्ने र नगर क्षेत्रभित्रका बजार व्यवस्थित गर्नका लागि काम अगाडि बढाइने बताउनुभयो । कोभिड–१९ का सक्रिय केश बढ्न थालेकाले नगरवासीले सजगता अपनाउनुपर्ने उहाँको जोड थियो ।

कु’टपि’टबाट घाइते चुनाराको उपचारका क्रममा मृत्यु

कु’टपि’टबाट गम्भीर घाइते भएका भीमदत्त नगरपालिका–११ का एक जनाको १० महिनापछि मृत्यु भएको छ । भुजेलाका रमेश चुनाराको आज कोलहपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ४३ वर्षीय चुनारालाई गत वर्ष कात्तिकमा स्थानीय धने सार्कीले लाठीले कु’टपि’ट गरेका थिए । उनको कु’टपि’टबाट चुनाराको टाउकोमा गम्भीर चो’ट लागेको थियो ।

चुनाराको मृत्युपछि सार्कीलाई पक्राउ गरिएको छ । उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चुनाराको उपचारका क्रममा मृत्यु भएपछि सार्कीलाई पक्राउ गरिएको बताउनुभयो । सार्की र चुनाराबीच मदिरा सेवनपछि झ’गडा भएको देखिएकाले थप अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो । रासस