सस्तो र धेरै माइलेज दिने हिरोको नया सुपर सप्लेन्डर उत्कृष्ट ब्रेकिङ सिस्टम ‘आइबिएस’ सहित नेपाली बजारमा आइपुग्यो (मुल्यसहित)

सस्तो र धेरै माइलेज दिने हिरोको नया सुपर सप्लेन्डर उत्कृष्ट ब्रेकिङ सिस्टम ‘आइबिएस’ सहित नेपाली बजारमा आइपुग्यो (मुल्यसहित)

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । आईबीएस (इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम) जडित हिरोको नया सुपर स्प्लेन्डर नेपाली बजारमा सार्बजनिक भएको छ ।

सुपर स्प्लेन्डर आईबीएस भर्सन देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा उपलब्ध भइसकेको कम्पनीले बताएको छ । अहिले निषेधाज्ञा जारी रहेकोले यसको किनबेच नभए पनि निषेधाज्ञा खुलेपछि ठुलो मात्रामा कारोबार हुने अनुमान कम्पनिको रहेको छ ।

नया सुपर स्प्लेन्डर आईबीएस भर्सनमा सुरक्षालाई प्राथमिकता दिइएको छ । आईबीएस ब्रेकिङ प्रणालीले अगाडि तथा पछाडिको ब्रेक बीचको सम्बन्धलाई एकिकृत गरि दुवै ब्रेक सहि तरिकाले लगाउन मद्दत गर्छ। नया सुपर स्प्लेन्डर आईबीएस आरएन्डडी इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको मोडल हो ।

नया सुपर स्प्लेन्डर आईबीएसमा १२४.७ सीसी क्षमताको एयर कुल्ड, फोर स्टोक ओएचसी इन्जिन रहेको छ । जसले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएम टर्क उद्पादन गर्छ । ४ स्पीड कन्सट्यान्ट मेस गियरबक्स र मल्टिप्लेट वेट क्लच रहेको यो मोटरसाइकल ९० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ ।

त्यस्तै १३ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो मोटरसाइकलले प्रति लिटर ६० किलोमिटरको माइलेज दिने कम्पनिको दावी रहेको छ । यसमा आई-थ्री-एस प्रणाली रहेको हुदा माइलेज धेरै दिने कम्पनिको दावी छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च एलोय ह्वील्स, आरामदायक सीट र लाइटवेटले गर्दा यो मोटरसाइकल सबैको लागी चलाउन सजिलो हुनेछ ।

हिरो मोटोकर्पले विकास गरेको आई-थ्री-एस प्रविधि रहेको यो मोटरसाइकल रोकेर राखेको पाँच सकेन्डपछि आफै इन्जिन बन्द हुन्छ । चालकले मोटरसाइकलको क्लच-थिचेसँगै स्वचालितरुपमा इन्जिन सञ्चालनमा आउँछ र अगाडी बढाउन सकिन्छ । जसले गर्दा ट्राफिकमा इन्धन खेर जादैन ।

नया सुपर स्प्लेन्डर पाँच प्रिमियम मेटालिक रंगहरूमा उपलब्ध रहेको छ । जसमा ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्ल्याक विथ रेड स्ट्राइप्स, ब्ल्याक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे रहेको छ ।

नेपाली बजारमा नया सुपर स्प्लेन्डरको मुल्य १ लाख ९८ हजार रुपैयाँ तोकिएको कम्पनिले जनाएको छ ।

०००

स्मार्ट फिचर र नया लुक्स रहेको टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन नेपाली बजारमा बिक्री सुरु, अनलाइनबाट पनि खरिद गर्न सकिने (मूल्य सहित)

काठमाडौं, १ भदौ । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आजबाट नेपाली बजार बिक्री सुरु भएको  छ ।

यसमा भएको पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ । सार्बजनिक नया आरटीआर २०० फो भीमा अझ नया फिचरहरु थपिएर आएको हुनाले ग्राहकहरु थप आकर्षित हुने कम्पनिले बताएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिका अनुसार आउन लागेको नया आरटीआर २०० फो भीमा एबीएस, अल न्यू एलइडी हेडल्याम्प र स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल रहेको छ । सवारी चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् ।

आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले८५०० आरपीएममा २०.५ पीएस पावर तथा ७००० हजार आरपीएममा १८.१ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ ।

मुल्य

कम्पनीले ल्याएको नयाँ एबीएस र कनेक्ट फिचरसहितको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । अहिले नेपाली बजारमा नन् एबीएस भर्सनको पुरानो आरटीआर २०० फोर भीको मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ । टिभीएसका बाइकहरु अनलाइनबाट पनि खरिद गर्न सकिने छ ।

०००

टीभीएसले नेपालमा ल्यायो सबै भन्दा सस्तो मोटरसाइकल, जसको मूल्य १ लाख १५ हजार रुपैया मात्र पर्छ, माइलेज दिन्छ प्रतिलिटर ६७ किलोमिटर

काठमाडौं, १८ मङ्सिर । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले सबैभन्दा सस्तो मोटरसाइकल ल्याएको छ । कम्पनीले एक्सएल १०० मोडलको अत्यन्तै सस्तो मोटरसाइकल बिक्रि वितरण गर्दै आएको हो ।

एक्सएल १०० खास गरि सामान ओसार पसार भनेर बजारमा ल्याएको भए पनि दुइ जना चढेर मज्जाले सवार गर्न पनि सकिनेछ । कम्पनीले एक्सएल १०० लाई नेपाली बजारमा सबै भन्दा सस्तो मोटरसाइकलको रुपमा १ लाख १५ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ ।

एक्सएल १०० मा ७० सीसीको एयर कुल्ड इन्जिन रहेको छ । जसले ६००० आरपीएममा ४.३ बीएच पावर र ३५०० आरपीएममा ६.५ एनएम टर्क उत्पादन गर्नेछ । मूल्यसंगै यसको माइलेज पनि राम्रो रहेको कम्पनिले दावी गरेको छ ।  एक्सएल १०० ले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिनेछ ।

१५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यसमा सिट हाइट भने ७७० एमएम को रहेको छ । इन्जिनको पावर कम भएपनि यस मोटरसाइकलको तौल समेत कम भएको हुनाले दुई जना वा सामान बोकेर सजिलै सवार गर्न सकिनेछ । यसको तौल मात्र ८० किलो रहेको छ ।

०००

यो पनि

सस्तो र धेरै माइलेज दिने भनेर चिनिने हिरो मोटरसाइकलको सबै मोडलको नया मूल्य सार्बजनिक (मुल्य सहित)

काठमाडौँ, २६ मङ्सिर । सस्तो र धेरै माइलेज दिने भनेर चिनिने भारतीय ब्राण्डको मोटरसाइकल हिरोले मूल्यमा केहि परिमार्जन गरेको छ । नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले बिभिन्न १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकलको मूल्य तोकेको छ ।

सबैभन्दा सस्तो भनिएको स्प्लेन्डर प्लस बाइकको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ देखि सबैभन्दा महंगो एक्सपल्स २०० मोटरसाइकलको मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । तल मोडल अनुसारको मूल्य हेर्नुहोस ।

०००

यो पनि

अब मध्यम वर्गीय युवाहरुले पनि हार्ली डेभिड्सनको बाइक चढ्न सक्ने, यी दुई मोडल नेपाल आउदै (मुल्य सहित)

काठमाडौं, २८ कार्तिक । विश्व कै महँगो मोटरसाइकल मध्यको एक हो हार्ले डेभिडसन । यो यत्ति धेरै महँगो छ कि यसलाई खरिद गर्न जो कसैले आँट नै गर्दैनन्।

तर हार्ले डेभिडसनले अलि थोरै पुजी हुने ग्राहकलाई पनि मध्य नजरमा राख्दै दुइ मोडल बजारमा ल्याएको छ । र ति दुइ मोडल स्ट्रीट ७५० र स्ट्रिट रड ७५० आइएमई मोटर्सले नेपालमा पनि ल्याउने भएको छ । ७४९ सिसि लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट ७५० ले ५८ एचपी पावर र ५९ एनएम टर्क जेनेरेट गर्दछ ।

त्यस्तै ७४९ सीसी कै लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट रड ७५० ले ७०.९ एचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्दछ ।

नेपाल आउन लागेको स्ट्रीट ७५० को मूल्य २५ लाख रुपैयाँ र स्ट्रीट रडको मूल्य २७ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

०००

यो पनि

रोयल इनफिल्ड बाइकका पारखीलाई खुसीको खबर : ४७ बीएचपी पावर तथा ५२ एनएम टर्क उत्पादन गर्ने शक्तिशाली इन्टरसेप्टर ६५० नेपाल आउदै (मूल्य सहित)

काठमाडौं, २५ कार्तिक । चर्चित रेट्रो मोटरसाइकल रोयल इनफिल्डको पावरफुल इन्टरसेप्टर ६५० नेपालमा आउने भएको छ । भारतमा निक्कै चर्चित रहेको यस मोडल अब नेपालमा पनि आउने भएपछि हाइस्पिड रोयल इनफिल्ड किन्ने इच्छा भएकाहरुको रहर पुग्ने भएको छ ।

नेपालका लागि आधिकारिक विक्रेता बिबेक अटोमोवाइलले यो मोटरसाइकल अबको केहि दिन मै नेपाली बजारमा विक्री वितरण सुरु गर्ने छ । ६४८ सीसीको एयर कूल्ड टु सिलिन्डर एफआई इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क उत्पादन गर्दछ ।

रोयल इनफिल्ड क्लासिक मोडल नेपालमा अत्यधिक बिक्रि हुने मध्यमा पर्दछ । करिब २०२ किलोग्राम तौल रहेको यस मोटरसाइकलको फ्रन्टमा ३२० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेकसहित डबल च्यानल एबीएस रहेको इन्टरसेप्टर ६५० मा ६ स्पीड गियरबक्स छ । निक्कै पावरफुल यस मोटरसाइकलले माइलेज पनि राम्रै दिने कम्पनिको दावी छ । प्रति लिटर २५ किलोमिटर यो मोटरसाइकलको माइलेज रहेको छ ।

यस मोटरसाइकलको मूल्य अहिले नै सार्बजनिक नगरीए पनि करिब १२ देखि १३ लाख रुपैया सम्म पर्ने अनुमान गरिएको छ ।

०००

यो पनि

यी हुन् नेपाली बजारमा पाइने सबै भन्दा सस्तो अनि सबै भन्दा धेरै माइलेज दिने ५ बाइकहरु (मुल्यसुची सहित)

साझापेज । काठमाडौँ । नेपाली सडक र नेपालीको आयश्रोतको आधारमा मोटर साइकल सबैको रोजाईमा पर्ने सवारी साधन हो । हुनत नेपाली बजारमा ७०-८० लाख रुपैया सम्मको मोटरसाइकल पनि उपलब्ध छ तर ति मोटरसाइकल एकादले मात्र खरिद गर्न सक्छन । नेपाली सडकमा प्राय मध्यम मूल्य कै मोटरसाइकल गुडिरहेको हुन्छन ।

आज हामी निम्न आर्थिक आयश्रोत भएका तर मोटरसाइकलको आवश्यक वा रहर भएकाहरुलाई उपयुक्त ५ मोटरसाइकलको बारेमा जानकारी दिंदै छौ । यी मोटरसाइकलहरु ९७ देखि ११० सिसि सेग्मेन्टमा छन ।  यी मोटरसाइकलहरु किन्नमा सस्तो मात्र हैन किनी सकेपछी पनि किफायती रहने छन् ।  कारण, यी ५ मोटरसाइकलले धेरै माइलेज दिने छ साथै कुनै पार्ट टुटफुट भएमा पनि निक्कै सुलभ मूल्यमा पार्ट पुर्जाहरु पाइने छ । त्यति मात्र हैन नेपाल सरकारले लगाउने करहरुमा पनि सानो सिसिका मोटरसाइकलमा भारी छुट छ । अब जानौ ति ५ मोटरसाइकलहरुको फिचर र हाल नेपाली बजारमा पर्ने मूल्यको बारेमा :

१. टीभीएस स्टार स्पोर्ट

टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने १०० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने मोटरसाइकल हो । यसको वजन १०८ केजी छ भने फ्युल ट्यांक १२ लिटरको रहेको छ ।

इन्जिन : 100 सीसी

पावर : 7.4 पीएस

टर्क : 7.5 एनएम

माइलेज : 87 kmpl

मूल्य : रु. १,५६,९००

२. बजाज प्लाटीना १०० इएस

यो हो बजाजको सबै भन्दा धेरै माइलेज दिने सानो इन्जिनको मोटरसाइकल । यी ५ मोटरसाइकलहरु मध्य सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल पनि यहि हो । धेरै माइलेज दिने भए पनि यसको इन्जिन अन्यको भन्दा ठुलै छ । १०२ सिसीको इन्जिन रहेको यस मोटरसाइकलले ९६ किलोमिटर प्रतिलिटर त माइलेज नै दिने कम्पनिको दावी छ ।

इन्जिन : 102 सीसी

पावर : 8.04 पीएस

टर्क : 8.06 एनएम

माइलेज : 96.9 kmpl

मूल्य : रु. १,५९,९००

३. टीभीएस स्टार सिटी प्लस

टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने ११० सिसी सेग्मेन्टको मोटरसाइकल हो ।  यो मोटरसाइकलमा सेमी डि‍जि‍टल इंस्‍ट्रूमेंट कॉनसोल रहेको छ । साथै यो इलेक्ट्रोनिक स्टार्टमा उपलब्ध छ । यी ५ मोटरसाइकल मध्य सबै भन्दा ठुलो सिसि भएको मोटरसाइकल यहि हो ।

इन्जिन : 109.7 सीसी

पावर : 8.4 पीएस

टर्क : 8.7 एनएम

माइलेज : 86 kmpl

मूल्य : रु. १,६२,९००

४. हीरो एचएफ डीलक्‍स

यो हिरोको सबै भन्दा सानो इन्जिन भएको मोटरसाईकल हो । यसमा ९७.२ सिसीको इन्जिन रहेको छ भने यो नै हिरोको सबै भन्दा बढी माइलेज दिने र सबै भन्दा सस्तो मोटरसाइकल पनि हो । यसको तौल मात्र १०७ किलोग्राम रहेको छ ।

इन्जिन : 97.2 सीसी

पावर : 8.24 पीएस

टर्क : 8.05 एनएम

माइलेज : 82 kmpl

मूल्य : रु. १,६३,५००

५. हिरो स्प्लेन्डर प्लस

हिरो मोटरसाइकलको धेरै माइलेज दिने मोटरसाइकल मध्यको एक हो हिरो स्प्लेन्डर प्लस । जसमा हीरो एचएफ डीलक्‍समा नभएको फिचर मौजुद रहेको छ । जस्तै यो मोटरसाइकलमा इलेक्ट्रिक स्टार्ट संगै राम्रो ग्राफिक पनि रहेको छ । तर मूल्य मात्र १० हजार रुपैया बढी रहेको छ । हेरो मोटरसाइकल सबै भन्दा सस्तोमा पार्ट्सहरु पाइने ब्राण्डको रुपमा पनि चिनिने गरिन्छ ।

इन्जिन : 97.2 सीसी

पावर : 8.३६ पीएस

टर्क : 8.05 एनएम

माइलेज : 80.6 kmpl

मूल्य : रु. १,७३,५००