आज काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण

आज काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्य काठमडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ८८४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला २४२ र ६४२ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ५१६ पिसीआर परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २० हजार ५५५जना रहेको छ ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मृतकहरुमा पाल्पाका ३० वर्षीय महिला, काठमाडौँ ५१ वर्षीय महिला, भक्तपुरको ६२ वर्षीय महिला, त्यस्तै पर्साका ४९ र ४८ वर्षीय दुई पुरुष, सिरहाका ८४ वर्षीय एक पुरुष, गोर्खाका ३८ वर्षीय एक पुरुष, कास्कीका ५८ वर्षीय एक पुरुष, काठमाडौँका ८३ वर्षीय एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षीय दुई पुरुष, भक्तपुरका ८२ वर्षीय एक पुरुष रहेका छन् । यो संगै नेपाल भर कुल मृतकको संख्या २०७ जना पुगेको छ ।