समुदायस्तरमा कोरोना परीक्षणको तयारी

समुदायस्तरमा कोरोना परीक्षणको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । .

समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

“समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन”, नगरप्रमुख नृपबहादुर वडले भन्नुभयो, “सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ । ” धनगढीमा थप ५ दिन अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको यस अवधिमा समुदायस्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने छ ।”

उपमहानगरमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २२ प्रतिशतभन्दा बढी स्थानीयवासी रहेका छन् । धनगढीमा ५१ जना स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ । रासस