एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार घाइते

एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, १४ भदौ । वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घना हुँदा चार घाइते भएका छन् । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चापाकोट नगरपालिका–९ की २८ वर्षीया पवित्रा पोखरेल र ३५ वर्षीय भानुभक्त गैरे, चापाकोट–१० का २५ वर्षीय श्याम पङ्गेनी र एम्बुलेन्स चालक चापाकोट नगरपालिका–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घाइतेहरुको गह्राँै प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ । चालक भण्डारीबाहेक अरु सबै गम्भीर छन् । घाइतेको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।