प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्तालापको अडियो सार्बजनिक, फोन उठाउने व्यक्ति चकित (अडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्तालापको अडियो सार्बजनिक, फोन उठाउने व्यक्ति चकित (अडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । नेपालका अधिकांश नेपाली युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन । नेपाल कृषिप्रधान देश भनीएता पनि कृषिका उत्पादन खरिद मै वर्षेनी अर्बौ रुपैया देशबाट बाहिरिन्छ ।

देश मै केहि गर्नु पर्छ भन्ने युवाहरु पनि नभएको हैन । तर कत्तिले कृषि पेसा गरेको सुरुवात मै घाटा बेहोरे पछी चटक्कै छोडेर पुन: बैदेशिक रोजगारी वा अन्य पेसामा लागेको प्रसस्तै उदाहरणहरु छन । तर कति युवाहरु भने तन, मन र धन लगाएर दिन रात मेहेनत गरि आफ्नो पसिना आफ्नै माटोमा बगाएर सक्षम भएका उदाहरणहरु पनि छन् ।

यस्तै उदाहरनिय युवाहरु मध्य एक हुन् गुल्मीका ३५ वर्षीय दिलिप भण्डारी । जसले नेपाल आर्मीको जागिर छोडेर ९३ लाख रुपैयाको जग्गा बेचेर आफ्नै कृषि पेसा सुरु गरे । उनले अन्य भन्दा फरक कृषि पेसा गर्दै आएका छन् । उनले बहुमुल्य बनस्पतिको खेति गरिरहेका छन् । उनले लगाएको जडिबुटीले अबको केहि वर्ष मै अर्बौ रुपैया कमाउने उनि बताउछन ।

उनै दिलिप भण्डारीको कृषि कर्मको भिडियो देखेर प्रधानमन्त्री केपी शर्मा ओली पनि आकर्षित भएका छन् । प्रधानमन्त्री यति आकर्षित भएकी उहाले दिलिपको अन्तर्वार्ता लिने पत्रकारलाई नै फोन सम्पर्क गरेर प्रोत्साहन दिनु भयो । पत्रकारले तपाई को बोल्नु भयो भनेर सोधेपछि मात्र प्रधानमन्त्री ओलीले आफ्नो परिचय दिनु भएको थियो ।

फोन वार्तालापमा प्रधानमन्त्री ओलीले देश सम्रिद्दी बनाउनुको लागी कृषि पेसा नै मुख्य स्रोत रहेको बताउनु भएको छ । बेरोजगार भयौ भनेर विदेश जाने कुरा नै गलत भएको उहाले बताउनु भयो । उक्त फोन वार्तालाप हेर्नुहोस ।

यहि भिडियो अन्तर्वार्ता पछी प्रभावित हुनु भएको थियो प्रधानमन्त्री केपी शर्मा ओली