पाटन अस्पतालमा कोरोना संक्रमणबाट युवकको मृत्यु


ललितपुर,१४ भदौ । जिल्लाको लगनखेलस्थित पाटन अस्पतालमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

गत साउन २८ गतेदेखि अस्पताल उपचाररत २९ वर्षीय युवकको शनिबार राति १० बजे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको हो ।  शुक्रबार र शनिबार पनि ललितपुरमा दुई महिलाको जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस