कोरोना संक्रमणबाट आज चितवनमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट आज चितवनमा थप एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो ।
यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो ।

आज मृत्यु भएका पुरुष यही भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उनको भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

यससँंगै चितवनमा समग्ररुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । तीमध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एकएक बारा, नवलपरासी(बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन् ।