नियम विपरीत सञ्चालित पसलबाट बिक्री वितरणमा रोक

नियम विपरीत सञ्चालित पसलबाट बिक्री वितरणमा रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनुगमनका क्रममा उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरण नराखिएकाले कुलेश्वरमा सञ्चालित जय माँ दूर्गा ट्रेडर्सबाट सामग्री बिक्री वितरण गर्न रोग लगाइएको छ ।

काठमाडौँ महानगरपालिकाले गरेको नियमित बजार अनुगमनका क्रममा आज उक्त पसलमा खाद्य सामग्रीको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो । उक्त पसलमा पाँच बोरा हरियो केराउसहित दुई सय बोरा सेतो केराउ, एक सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको हो ।

नगर उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले खाद्य सामग्री बिक्री गर्न रोक लगाएको हो । ट्रेडर्ससँगै आज कुलेश्वर क्षेत्रका खाद्य थोक पसलको अनुगमन गरेको थियो । त्यसक्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो ।

आज त्रुटी पाइएको ट्रेडर्सलाई कारवाहीको प्रक्रिया अघि बढाउने महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको भनाइ छ । लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएकाजस्ता समस्या धेरै पसलमा रहेकाले ती सबैलाई कानुनको दायरामा ल्याइने बताइएको छ ।

सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाको भनाइ छ । महामारीका बेला तरकारीलगायत खाद्य सामग्रीको अत्यधिक मूल्य वृद्धि भएको र उपभोक्ता ठगीमा परेको गुनासो बढे पनि यसै सातादेखि महानगरपालिकाले खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामग्रीको बजार अनुगमन गरिरहेको छ ।

बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विपरीत काम गर्नेलाई दण्डित गर्ने अधिकार बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छ । विगत दुई वर्षदेखि विभागलाई अनुगमनको क्रममा गल्ती ठहर भएका व्यापारीलाई तत्काल जरिवाना लिन सक्ने गरी अधिकार दिइएको छ । यसरी तत्काल गर्ने कारवाहीमा रु पाँच हजार देखि रु तीन लाखसम्म तय गरिएको छ ।