लोकन्थलीका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

लोकन्थलीका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ ।

पाल्पा स्थायीघर भई हाल मध्यप्ुरथिमि नगरपालिका–१ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीय पुरुषको लोकन्थलीस्थित समिट अस्पतालमा आज मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । सङ्क्रमितका परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उहाँले एक सातामा पीसीआर परीक्षण गरिने बताउनुभयो ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका पुरुषको आज दिउँसो उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । मृतकको शव नेपाली सेनाको वीर दल गणको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवहाद गृहमा व्यवस्थापन गरिएको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिनुभयो ।

यसअघि उच्च रक्तचाप र मधुमेहलगायतको औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमा मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसीआर परीक्षण गरेको र १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमा राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो । भक्तपुरमा हालसम्म चार महिला र चार पुरुष गरी आठ सङ्क्रमितको मृत्यु भएको छ । रासस