मुख्यमन्त्रीद्वारा शोक व्यक्तः बसोबास सार्न आग्रह

मुख्यमन्त्रीद्वारा शोक व्यक्तः बसोबास सार्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मको पहिरामा भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गर्नुभएको छ । आज बिहान ७ः३० बजे गएको पहिरामा परी एकै घरका चार जनाको मृत्यु भएको थियो ।

मुख्यमन्त्री शाहीले सुख्खा पहिराका कारण हालसम्म पाँच जनाको निधन भएको, केही सङ्ख्यामा मानिस हराइरहेको र दुई जना घाइते भएको घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ ।

आज एक शोकपत्र जारी गर्दै उहाँले भन्नुभएको छ, “प्राकृतिक विपद्मा परी निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु ।” शोकमा रहनुभएका परिवारजनप्रति समवेदना प्रकट गर्दै मुख्यमन्त्री शाहीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । पहिरो गएको खबर पाउनेबित्तिकै प्रदेश सरकारबाट उद्धार, खोजी एवं घाइतेको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी गराउँदै उहाँले कोरोना कहरका बीच शृङ्खलाबद्ध रुपमा भइरहेका प्राकृतिक विपद्का घटना र त्यसबाट भइरहेको मानवीय क्षतिले चिन्तित बनाएको बताउनुभएको छ ।

प्राकृतिक विपद् जोखिम क्षेत्रबाट बसोबास सार्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीयवासीलाई उहाँले आग्रह गर्नुभएको छ । विशेषगरी यस विपद्मा उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सञ्चारकर्मीलाई उहाँले धन्यवाद दिनुभएको छ । रासस