कोरोना कहर कै बीच इजरायलले नेपाली कामदार लैजाने प्रस्ताव

कोरोना कहर कै बीच इजरायलले नेपाली कामदार लैजाने प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल सरकारले नेपाली कामदार लैजाने भएको छ । कोरोना भाइरस कोभिड-१९ महामारी कै बेला इजरायल सरकारले नर्सिङ क्षेत्रमा नेपाली कामदार लैजाने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवका अनुसार इजरायलले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। उहाका अनुसार निरन्तरको पहलपछि इजरायले नेपाली कामदार लैजान सहमत भएकाे हाे।

तर कामदारहरु भने ‘जी टु जी’ माध्यमबाट इजरायल जान पाउने छन । प्रतिष्पर्धाको आधारमा कामदार लैजाने हुदा कम्तिमा एसएलसी पास केयर गिभर र नर्सिङ पढाई पुरा गरेका ४५ वर्ष नकाटेकाले यो अवसर पाउनेछन्। मन्त्रि यादवका अनुसार आगामी तीन महिना भित्रमा नेपाली कामदार इजरायल जाने छन ।

दक्षिण कोरिया जस्तै राम्रो आम्दानी हुने देशको रुपमा इजरायललाई पनि लिइन्छ । त्यहाँ कार्यरत नेपाली कामदारले कम्तिमा पनि १ लाख २० हजार रुपैया देखि १ लाख ५० हजार रुपैया सम्म आम्दानी गर्ने गर्दछन । राम्रो कमाई मात्र हैन इजरायल मिडिल इस्ट कै सुरक्षित रोजगार गन्तब्यको रुपमा पनि चिनिने गर्दछ ।

दलालहरुको मिलेमतोमा हजारौ डलर लिई ठगि धन्दा भएको भन्दै विगत ८-१० वर्ष देखि नै इजरायल बन्द रहेको छ । त्यहाँ हाल २-३ हजारको हाराहारीमा मात्रै नेपाली कामदारहरु रहेको बुझिएको छ ।