शिक्षण संस्था, यातायातका साधन र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

शिक्षण संस्था, यातायातका साधन र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको शिक्षण संस्था, यातायातका साधन र आन्तरिक हवाई उडान आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जनाकारी दिए ।

आज थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस कोभिड-१९ बाट आज थप १,२२१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३४८ र ८७३ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४२९ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २० हजार ८२२ जना रहेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ४ जना महिला र १० जना पुरुष रहेका छन् ।

मृतकहरुमा महिलाहरुमा सुनसरीको ७४ वर्षीय एक महिला, बाराको ४७ वर्षीय एक महिला, महोत्तरीको ६२ वर्षीय एक महिला, काठमाडौँ ७२ वर्षीय रहेका छन् । पुरुषहरुमा सुनसरीको ६० वर्षीय पुरुष, मोरङको ६० वर्षीय पुरुष, महोत्तरीको ७० र ३५ वर्षीय दुई पुरुष, रौतहटको ३० वर्षीय पुरुष, ललितपुरको २९ वर्षीय पुरुष, भक्तपुरको ६५ वर्षीय पुरुष, नवलपरासीको ६२ वर्षीय पुरुष, रुपन्देहीको ५७ र ६७ वर्षीय दुई पुरुष रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २२१ पुगेको छ ।