बजारमा १६ सय रुपैया सम्म पर्ने खसीको मासु भाटभटेनी सुपरमार्केटले ८५० रुपैयाँमै बिक्री गर्दै, रेम्बो ट्राउट माछा १२ सय मै

बजारमा १६ सय रुपैया सम्म पर्ने खसीको मासु भाटभटेनी सुपरमार्केटले ८५० रुपैयाँमै बिक्री गर्दै, रेम्बो ट्राउट माछा १२ सय मै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको पहिलो सुपरमार्केट भाटभटेनी सुपरमार्केटले सर्बसाधारणलाई लक्षित गरि मासु र तरकारीको सुफत मूल्य निर्धारण गरेको छ । बजारमा खसीको मासु प्रतिकेजी १३ सय देखि १७ सय रुपैयाँ सम्ममा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । कोरोना महामारीको बेला आर्थिक संकट परेको बेला भाटभटेनी सुपरमार्केटको यो अफरले धेरैलाई राहत मिल्ने देखिन्छ ।

झन्डै आधा मूल्यमा मासु बिक्री गर्न सक्नुको कारण बिचौलिया हटाउनु हो, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ भन्छन । उनका अनुसार भाटभटेनीले सिधा कृषकबाट खरिद गरि ग्राहक सम्म पुग्ने हुदा कुनै बिचौलियाको भूमिका नभए पछि मूल्य सस्तो भएको हो ।

भाटभटेनी सुपरमार्केटले नेपालगञ्जबाट सिधा ल्याएर ग्राहकलाई बिक्री गर्ने हुदा सस्तो मूल्यमा बिक्री गर्न सकेको संचालक गुरुङ बताउछन ।

खसीको मासु मात्र हैन भाटभटेनी सुपरमार्केटमा माछा र तरकारी पनि अन्त भन्दा सस्तो रहेको संचालक गुरुङ बताउछन । रेम्बो ट्राउट माछा अन्य ठाउमा १८ सय देखि २ हजार रुपैया सम्म पर्छ तर भाटभटेनी सुपरमार्केटमा १२ सय रुपैया मै पाइन्छ।

काठमाडौंको टंगाल, महाराजगञ्ज र ललितपुरको पाटनस्थित भाटभटेनी सुपरमार्केटबाट खसिको मासु प्रतिकेजी ८५० मा र रेम्बो ट्राउट माछा १२ सयमा बिक्री भइरहेको छ ।