डोटीमा एक साताका लागि निषेधाज्ञा

डोटीमा एक साताका लागि निषेधाज्ञा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

आइतबार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ । ––रासस