कोरोना भाइरस सङ्क्रमणका कारण ६८ वर्षीया महिलाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणका कारण ६८ वर्षीया महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिनुभयो ।

यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बस्नुभएकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उहाँको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।