काठमाडौं उपत्यकामा एकै दिन थप २९८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा एकै दिन थप २९८ जनामा कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप २९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ८९९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३०३ र ५९६ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

कोरोनाबाट कुल संक्रमितको संख्या ३९ हजार २९८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२९ पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २१ हजार ४१०जना रहेको छ ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य १ बालिका २ जना महिला र ४ जना पुरुष रहेका छन् ।

मृतकहरुमा महोत्तरीका ४ वर्षीय बालिका,गोर्खाका ६५ वर्षीय एक महिला, रुपन्देहिका ६८ वर्षीय महिला, झापाका ८६ वर्षीय एक पुरुष, रौतहटका ४० वर्षय एक पुरुष, चितवनका ७८ वर्षीय एक पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् ।